गृहपृष्ठ बालेन्द्र शाहप्रति लक्षित ओलीको कटाक्ष: “बतासे अन्डाबाट चल्ला ननिस्कने”
बालेन्द्र शाहप्रति लक्षित ओलीको कटाक्ष: “बतासे अन्डाबाट चल्ला ननिस्कने”
Oplus_16908288
१७ माघ २०८२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रति लक्षित गर्दै ‘बतासे अन्डाबाट चल्ला ननिस्कने’ टिप्पणी गरेका छन्।
शनिबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले चाबहिलमा आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूलाई ‘साँचो अन्डा’ र बालेनलाई ‘बतासे अन्डा’ को रूपमा चित्रण गरे।
ओलीले झापामा आफू र बालेनबीच ‘ठुटे सिङ लिएर सिंगौरी खेल्न आएको’ भन्दै राजनीतिक प्रतिस्पर्धाको संकेत गरे। उनले आगामी निर्वाचन देश बनाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा हुने दाबी गर्दै आफूले हार्न नहुने संकेत पनि गरे।
अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने जिम्मेवारी एमालेले मात्र पूरा गर्न सक्ने दाबी गरे।









