गृहपृष्ठ बुटवलको कालिका पथमा हाईटेन्सन पोलमा मोटरसाइकल ठोक्किँदा २० वर्षीय युवकको मृत्यु
बुटवलको कालिका पथमा हाईटेन्सन पोलमा मोटरसाइकल ठोक्किँदा २० वर्षीय युवकको मृत्यु
बुटवल, बैशाख २२ — रुपन्देहीको बुटवलस्थित कालिका पथको होराईजन चोक नजिक एक हाईटेन्सन पोलभित्र मोटरसाइकलसहित एक युवक मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार मृतकको पहिचान तिलोत्तमा नगरपालिका–२, शंकरनगर निवासी २० वर्षीय गोपाल टण्डनका रूपमा भएको छ। शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल लिएर गएका टण्डन विद्युतको हाईटेन्सन पोलमा ठोक्किएर दुर्घटनामा परेका थिए।
दुर्घटनापछि मोटरसाइकलसहित झाडीमा उछिट्टिएका टण्डनको शव आइतबार बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ। शव अर्धनग्न अवस्थामा भेटिएको र घटनास्थल नजिकका सिसिटिभी फुटेजहरू अनुसन्धानका लागि संकलन भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयले टण्डन दुई दिनदेखि परिवारसँग सम्पर्कविहीन रहेको बताएका छन्। शव परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।








