गृहपृष्ठ भन्सार छलिको आशंकामा ७७६ ईभी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

भन्सार छलिको आशंकामा ७७६ ईभी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा


    जेठ  २१ , २०८३

काठमाडौं .  सशस्त्र प्रहरी बल नेपालले भन्सार छलि गरी नेपाल भित्र्याइएको आशंकामा ७७६ वटा विद्युतीय (ईभी) गाडी नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीका अनुसार मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी मुस्ताङ, पर्वत र कास्कीका विभिन्न स्थानबाट बुधबार राति नियन्त्रणमा लिइएको हो। ती गाडी जोमसोम, पर्वतको कुस्मा तथा कास्कीको हेम्जा क्षेत्रमा राखिएको अवस्थामा फेला परेका थिए।

गाडी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।

यसैबीच, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट थप दुई वटा विद्युतीय गाडी पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका सबै ७७६ वटा गाडी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायलाई बुझाइने सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु