गृहपृष्ठ काठमाडौंमा दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन’ होटल, लगानी १५ अर्ब नाघ्ने

काठमाडौंमा दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन’ होटल, लगानी १५ अर्ब नाघ्ने


काठमाडौं । शेष घलेजमुना गुरुङ घले को लगानीमा काठमाडौंमा निर्माणाधीन पाँचतारे होटल सञ्चालनको अन्तिम तयारीमा पुगेको छ।

होटललाई Marriott International अन्तर्गतको ‘द लक्जरी कलेक्सन’ ब्रान्डमार्फत सञ्चालन गरिने भएको छ। यो दक्षिण एसियामै उक्त ब्रान्डअन्तर्गत सञ्चालन हुने पहिलो होटल हुने बताइएको छ।

घलेका अनुसार होटल व्यवस्थापनसम्बन्धी सम्झौता करिब दुई महिनाअघि नै सम्पन्न भइसकेको छ। हाल डेभिड म्यारिएट सहितको टोली नेपाल आएर होटलको स्थलगत निरीक्षण तथा अवलोकन गरेको छ।

सन् २०१३ देखि निर्माण सुरु गरिएको यस परियोजनामा प्रारम्भिक रूपमा करिब ८ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको भए पनि लागत बढ्दै १५ अर्ब रुपैयाँभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

निर्माण कार्य आगामी तीनदेखि चार महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको घलेले बताएका छन्। होटललाई ‘द लक्जरी कलेक्सन बाई म्यारिएट’ नाममा सञ्चालन गर्न आवश्यक नाम दर्ताका लागि आवेदनसमेत दिइसकिएको छ।

‘स्वीकृति एक–दुई साताभित्र प्राप्त हुने अपेक्षा गरेका छौं,’ घलेको भनाइ छ।

होटलको निर्माण तथा सञ्चालन सम्पूर्ण रूपमा म्यारिएटको अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु