गृहपृष्ठ रामवनमा भीषण सवारी दुर्घटना : ७०० फिट खोंचमा खस्दा भारतीय सेनाका तीन जवानको मृत्यु

रामवनमा भीषण सवारी दुर्घटना : ७०० फिट खोंचमा खस्दा भारतीय सेनाका तीन जवानको मृत्यु


२१ बैशाख २०८२, आइतबार — जम्मु–श्रीनगर राष्ट्रिय राजमार्ग ४४ मा आइतबार बिहान भएको एक दर्दनाक दुर्घटनामा भारतीय सेनाका तीन जवानले ज्यान गुमाएका छन्।
रामवन जिल्लाको ब्याट्री चस्मा नजिक पहिरोप्रभावित क्षेत्रमा सेनाको ट्रक सन्तुलन गुमाउँदै झन्डै ७०० फिट गहिरो खोंचमा खस्दा उक्त दुर्घटना भएको हो।

सुरक्षास्रोतका अनुसार दुर्घटना बिहान करिब ११:३० बजे भएको थियो। घटनापछि सेना, प्रहरी, राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) र स्थानीय स्वयंसेवकहरू संयुक्त रूपमा उद्धारमा खटिएका थिए। तर, ट्रक पूर्णरूपमा धातुको थुप्रोमा परिणत भएको र गम्भीर क्षतिको कारण ट्रकमा सवार तीनजना सैनिक— अमित कुमार, सुजित कुमार र मान बहादुर—को घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाइएको छ। सुरक्षासंस्थाहरूले मृतक सैनिकहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु