गृहपृष्ठ देश हेटौँडा सिमेन्टजस्तै ठप्प, अब वाइवाइजस्तै चल्नुपर्छ” वालेन साह

देश हेटौँडा सिमेन्टजस्तै ठप्प, अब वाइवाइजस्तै चल्नुपर्छ” वालेन साह


१५ फागुन २०८२

चितवन–२ मा आयोजित सभामा बोल्दै वालेन साहले मेसिन, जनशक्ति र स्रोत हुँदाहुँदै पनि देश ठप्प जस्तै बनेको उल्लेख गरे। “हाम्रो देश हेटौँडा सिमेन्ट कारखानाजस्तै भएको छ। मेसिन पनि छ, म्यानपावर पनि छ, खानी पनि छ, तर बन्द। अब चल्नुपर्‍यो,” उनले भने।

वालेन साहले नेपाल अहिले हेटौँडा सिमेन्ट उद्योग जस्तै अवस्थामा पुगेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रममा सम्बोधन गर्दै उनले देशलाई अब वाईवाई चाउचाउ फ्याक्ट्रीजस्तै चलायमान र उत्पादनमुखी बनाउनुपर्ने बताए।

उनले वाइवाइ फ्याक्ट्रीको उदाहरण दिँदै देशभर सक्रिय उत्पादन र निर्यात बढाउनुपर्नेमा जोड दिए। “वाइवाइजस्तै चल्नुपर्‍यो। देशभर चल्नुपर्‍यो। सयभन्दा बढी देशमा जानुपर्‍यो,” उनले भने।

उक्त कार्यक्रम रवि लामिछानेकाे निर्वाचन क्षेत्र चितवन–२ मा आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु