गृहपृष्ठ निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता

निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता


माघ २, २०८२

काठमाडौं — निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता प्रदान गरेको छ। आयोगको आज बसेको बैठकले थापा नेतृत्वको समूहलाई अद्यावधिक गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोग स्रोतका अनुसार आयोगका पदाधिकारीहरूको बैठकमा बहुमतले गगन थापा नेतृत्वलाई आधिकारिकता दिने पक्षमा निर्णय गरेको हो। अद्यावधिकसम्बन्धी प्रस्तावमा आयोग सदस्य जानकी तुलाधरले फरक धारणा राखेकी थिइन् भने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सगुन जबरा अद्यावधिकको पक्षमा थिए।

नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो। सोही कानुनी प्रावधानअनुसार आयोगले अद्यावधिक गर्ने निर्णय गरेको आयोगको उच्च स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु