गृहपृष्ठ एमालेको विधान महाधिवेशनमा फरक मत राख्न पाइने : शंकर पोखरेल
एमालेको विधान महाधिवेशनमा फरक मत राख्न पाइने : शंकर पोखरेल
२०८२ भदौ १६
काठमाडौँ —पार्टीका महासचिव शंकर पोखरेलले शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशनमा विधान मस्यौदा, राजनीतिक र सांगठनिक प्रतिवेदनसहित पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे फरक मत राख्न सकिने स्पष्ट पार्नुभएको छ।
पोखरेलले कान्तिपुरसँगको अन्तरवार्तामा महाधिवेशनमा प्रस्तुत हुने मतहरूमा छलफल गरी निर्णयमा पुगिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “विद्या पक्षका नेताहरूले अब विधिलाई मान्नु पर्छ। उहाँहरूले विधान महाधिवेशनमा आएर छलफल गर्ने बताएका छन्। छलफलपछि निर्णयमा पुगिन्छ; त्यसपछि फेरि बहस गर्ने अवस्था हुँदैन। हाम्रो विधानअनुसार फरक मत राख्न चाहनेले सम्बन्धित अधिवेशनमा राख्न पाउने अधिकार छ।”
विद्या पक्षका नेताहरूले पनि फरक मत राख्ने अधिकार सुरक्षित रहेको र पार्टीले बोल्न रोक नलगाएको बताएका छन्। उनीहरूले भने, “हामी बोल्दै हिँडिरहेका छौं। पार्टीले बोल्न रोक लगाएको छैन। तर फरक मत कहाँ राख्ने भन्ने निर्णय गर्ने फोरम आइसकेको छैन। फरक मत राख्न पाइएन भन्नु हतारो हो। यदि नपाएको दाबी गर्ने हो भने विधि अनुसारै भन्नुपर्छ।”








