गृहपृष्ठ निजी विद्यालय सञ्चालकको र्याली: शिक्षा विधेयकमा संशोधन माग गर्दै काठमाडौं चक्रपथ अवरुद्ध
निजी विद्यालय सञ्चालकको र्याली: शिक्षा विधेयकमा संशोधन माग गर्दै काठमाडौं चक्रपथ अवरुद्ध
काठमाडौँ, १६ भदौ – निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बसको र्याली निकालेर प्रदर्शन गरेका छन्। उनीहरूले हाल पारित भएको विद्यालय शिक्षा विधेयकमा “पूर्ण छात्रवृत्ति” र “क्रमशः गैरनाफामूलक” बनाउने शब्द हटाउन माग गरेका छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विधेयकमा संशोधन गर्न दबाब दिने उद्देश्यले प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा र्याली आयोजना गरेका हुन्।
प्रदर्शनको क्रममा चक्रपथको एक लेनमा निजी विद्यालयका पहेँला बसहरू लामबद्ध देखिएका थिए। र्यालीका कारण केही स्थानमा अन्य यातायात साधनहरूमा असुविधा भएको थियो।








