गृहपृष्ठ गाजामा इजरायली हवाई आक्रमण: विद्यालयमा विस्फोट हुँदा कम्तीमा ५४ जनाको मृत्यु

गाजामा इजरायली हवाई आक्रमण: विद्यालयमा विस्फोट हुँदा कम्तीमा ५४ जनाको मृत्यु


सोमबार, जेठ १२, २०८२

गाजा क्षेत्रमा आइतबार राति इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणमा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ। मृतकमध्ये धेरैजसो विस्थापित नागरिक रहेको जनाइएको छ।

स्थानीय चिकित्सक र नागरिक सुरक्षा अधिकारीहरूका अनुसार, तीमध्ये एक आक्रमण गाजाको एक विद्यालय परिसरमा गरिएको थियो, जहाँ सयौँ विस्थापित व्यक्ति आश्रय लिएर बसेका थिए। हमासले सञ्चालन गरिरहेको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ताले बीबीसीलाई बताएका अनुसार, सो विद्यालय परिसरबाट बच्चाहरू समेत २० जनाको शव निकालिएको छ।

प्रवक्ताका अनुसार, विद्यालयको दुईवटा कोठामा आगलागी भएपछि धेरै मानिसको जलेर मृत्यु भएको हो।

इजरायली सेनाले भने उक्त आक्रमण हमासको कमान्ड केन्द्रलाई लक्षित गर्दै गरिएको दाबी गरेको छ। उनीहरूको भनाइमा मध्यगाजामा रहेको हमासको सैन्य संरचनालाई नष्ट गरिएको हो।

यसअघि पनि हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार, गाजाको केन्द्रमा रहेको एक घरमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा चार जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु