गृहपृष्ठ गंगानारायण समूह माओवादीमा समायोजित, श्रेष्ठलाई सचिव बनाउने सहमति

गंगानारायण समूह माओवादीमा समायोजित, श्रेष्ठलाई सचिव बनाउने सहमति


 

 

काठमाडौं, जेठ १२

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच सोमबार पार्टी समायोजनको औपचारिक सहमति भएको छ। उक्त सहमतिअनुसार गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपा समूह माओवादी केन्द्रमा विलय भएको हो।

समायोजनपश्चात गंगानारायण श्रेष्ठलाई माओवादी केन्द्रको सचिव बनाउने सहमति भएको छ। यससम्बन्धी लिखित सहमतिपत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाका तर्फबाट श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यद्यपि, नेसपा अध्यक्ष महिन्द्र राय यादव भने समायोजन प्रक्रियाबाट अलग रहे। उनले माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि पार्टीको नाम परिवर्तन गर्नुपर्ने अडान राखेका थिए, जुन प्रस्ताव माओवादी नेतृत्वलाई मान्य भएन। त्यसै कारण यादव बाहिरिँदा श्रेष्ठ नेतृत्वको समूह मात्र माओवादीमा समाहित भएको हो।

गंगानारायण श्रेष्ठ हाल बागमती प्रदेश सभाका सांसद हुन्। उनी २०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक–२(२) बाट नेपाल समाजवादी पार्टीका उम्मेदवारका रूपमा निर्वाचित भएका थिए। सो समयमा नेसपाका उम्मेदवारहरूले माओवादी केन्द्रकै चुनाव चिह्न प्रयोग गरेका थिए।

श्रेष्ठको राजनीतिक यात्रा माओवादी केन्द्रबाट सुरु भए पनि संविधान जारी भएपछि २०७२ सालमा उनले पार्टी त्याग गर्दै बाबुराम भट्टराईको नयाँ शक्तिमा सहभागिता जनाएका थिए। करिब १० वर्षपछि उनी पुनः माओवादीमा फर्किएका छन्।

69230644-5909-4a83-9438-bf5d5433de77-1748246302.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु