गृहपृष्ठ टी–२० लिगमा अपराजित नेपाल शीर्ष स्थानमा, शनिबार हङकङसँग निर्णायक भिडन्त
टी–२० लिगमा अपराजित नेपाल शीर्ष स्थानमा, शनिबार हङकङसँग निर्णायक भिडन्त
हङकङमा जारी टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आज बिहान सम्पन्न खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको हो।
यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो। यससँगै नेपाल ४ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले लिग चरणको अन्तिम खेल पर्सि शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ।
कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै सहज रूपमा पूरा गर्यो। कुशल भुर्तेलले सर्वाधिक ८१ रन बनाउँदै टिमको जितमा मुख्य योगदान दिए भने आसिफ शेखले ५३ रनको सानदार इनिङ्स खेले। हङकङका यासिन पटेलले २ विकेट लिए।
त्यसअघि, मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो। कुवेतका क्विन्टो एन्टोनले सर्वाधिक ४१ रन बनाउँदा मिट भावसारले ३५ रनको योगदान दिए। नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए।










