गृहपृष्ठ रुपन्देहीको सियारीमा परालको थुप्रोभित्र भेटियो महिलाको शव
रुपन्देहीको सियारीमा परालको थुप्रोभित्र भेटियो महिलाको शव
रुपन्देही, नेपाल – जेठ ११
रुपन्देहीको सियारी गाउँपालिका–२ स्थित बेथरी सडकखण्डको किनारमा एक अन्दाजी ४५ वर्षीया महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
स्थानीय बासिन्दाले बिहीबार बिहान साढे ११ बजे परालले छोपिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका टोली घटनास्थलमा पुगेका थिए।
हत्या अनुसन्धान: टाउकोमा ढुङ्गा प्रहार
प्रहरी सूचना अधिकारी डीएसपी सुरज कार्कीले प्रारम्भिक अनुसन्धानअनुसार पीडितको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको आशंका गरिएको बताए।
उनका अनुसार, “टाउकोमा गम्भीर चोट छ। ढुङ्गाले हानेर हत्या गरिएको जस्तो देखिन्छ।”
हालसम्म शवको पहिचान खुलेको छैन। प्रहरीको फरेन्सिक टोली र तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान भइरहेको छ। सियारी गाउँपालिकाको प्रतिक्रिया
सियारी गाउँपालिकाका प्रवक्ता दीपकबहादुर शाहीले घटनाबारे प्रतिक्रिया दिँदै भने, “शवको मुखमा चोट छ, अनुहार चिनिने अवस्था छैन। स्थानिय नजिककै कसैको भए खोजी भइसक्थ्यो भन्ने बुझिन्छ। त्यसैले बाहिर हत्या गरेर राती शव यहाँ ल्याएर फालिएको हुनसक्छ।”










