गृहपृष्ठ अफ्रिकामा पहिलो G–20 सम्मेलन: जलवायु, ऋण र विकास विषयमा गरिब देशको पक्षमा केन्द्रित”

अफ्रिकामा पहिलो G–20 सम्मेलन: जलवायु, ऋण र विकास विषयमा गरिब देशको पक्षमा केन्द्रित”


मंसिर ७, २०८२

काठमाडौं ।अफ्रिकामा पहिलोपटक आयोजित जी–२० शिखर सम्मेलन दक्षिण अफ्रिकामा सुरु भयो। सम्मेलनको उद्देश्य विश्वका गरिब देशसँग जोडिएका मुद्दामा प्रगति गर्नु हो, जसमा जलवायु परिवर्तन, विदेशी ऋणको कमि, हरित ऊर्जा र खनिज सम्पदाको उचित उपयोग प्रमुख छन्। संयुक्त राष्ट्र महासचिवले विकासशील देशलाई प्राथमिकता दिने G–20 ले सुधार ल्याउन सक्ने बताएका छन्।

तर, अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा “गोराविरोधी नीति” र अल्पसंख्यक दमनको आरोप लगाउँदै सम्मेलन बहिष्कार गरे। अमेरिका नहुँदा पनि सम्मेलन अघि बढ्ने पक्षमा देखिएका छन्। सम्मेलनमा १९ देश, युरोपेली संघ र अफ्रिकी संघ गरी २१ सदस्य छन्।

दक्षिण अफ्रिका अध्यक्षता सम्हाल्दै आइतबारसम्म सबै सदस्यसँग संयुक्त घोषणापत्र जारी गर्ने योजना बनाएको छ, र आगामी अध्यक्षता अमेरिकामा सर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु