गृहपृष्ठ बुधबार सेयर बजार: नेप्से दोहोरो अंकले घट्यो

बुधबार सेयर बजार: नेप्से दोहोरो अंकले घट्यो


पुस २३, २०८२

काठमाडौं — बुधबार सेयर बजार कमजोर देखियो। नेप्से परिसूचक १३.३५ अंकले घटेर २,६३५.९४ विन्दुमा ओर्ल्यो, जसले ०.५० प्रतिशतको गिरावट जनाउँछ।

बजारमा ६२ कम्पनीको मूल्य बढे, १८७ कम्पनीको मूल्य घट्यो र १० कम्पनीको मूल्य स्थिर रह्यो। मूल्य घट्ने कम्पनीको संख्या बढेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो।

सो दिन कुल ७२,४७४ पटकको कारोबारमा १ करोड ६ लाख ३३ हजार ७ सय १७ कित्ता सेयर किनबेच भए, जसको मूल्य ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबर रहेको छ। अघिल्लो दिनको कारोबार रकम भन्दा घटेको हो।

उपसमूह परिसूचकमा फाइनान्स कम्पनी मात्र बढ्यो, व्यापार स्थिर रह्यो, बाँकी सबै उपसमूहको परिसूचक घटेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु