गृहपृष्ठ नेपाल प्रहरी इन्स्पेक्टर दिनेश गुरुङ पुर्पक्षका लागि कारागार चलान

नेपाल प्रहरी इन्स्पेक्टर दिनेश गुरुङ पुर्पक्षका लागि कारागार चलान


भाद्र २२, २०८२

 काठमाडौं — पूर्वपत्नीको उजुरीपछि पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई नख्खु कारागार पठाउने आदेश दिएको थियो।

गुरुङमाथि बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा मुद्दा चलिरहेको छ। उनी प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत थिए। उजुरी परेको केही समयपछि उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा हिरासतमा राखिएको थियो।

इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए। उनका दाबी अनुसार, पूर्वपत्नीसँग सँगै बस्ने छोरीलाई भेट्न जाँदा उनले अभद्र व्यवहार भोगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु