गृहपृष्ठ मधेश पढ्न र बुझ्न आएको हुँ : गगन थापा

मधेश पढ्न र बुझ्न आएको हुँ : गगन थापा


माघ १२, २०८२

 बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेश पढ्न र बुझ्न आएको बताएका छन्।

सर्लाही निर्वाचन क्षेत्र नं ४ का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेशलाई नजिकबाट बुझ्ने उद्देश्यले यहाँ आएको बताए। समरा विमानस्थलमा ओर्लिएपछि विभिन्न स्थानमा मधेशका साथीहरूले देखाएको स्वागत र मायाले आफू उत्साहित भएको उनको भनाइ छ।

नेपाली कांग्रेसको नेताको हैसियतले मधेशले कांग्रेस र लोकतन्त्रका लागि पुर्‍याएको योगदानबारे आफू जानकार रहेको पनि उनले उल्लेख गरे।

सभापति थापाले अब मधेशको भाषा, रहनसहन, भेषभूषा तथा संस्कार–संस्कृति बुझ्ने र सिक्ने प्रतिबद्धता व्यक्त गरे।
‘केही नेता साथीहरूले स्थानीय भाषामा एक लाइन भए पनि सम्बोधन गर्न सुझाउनुभएको थियो,’ उनले भने, ‘म दुई दिनको चटक देखाउन आएको होइन। सबै कुरा सिकेर मात्र बोल्छु।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु