गृहपृष्ठ चलचित्र पत्रकार संघ रुपन्देहीको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन”
चलचित्र पत्रकार संघ रुपन्देहीको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन”
oplus_8388608
३ चैत २०८२
कल्पना घिमिरे
बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको सातौं साधारण सभा तथा चौंथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। मंगलबार बुटवलमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कृष्ण भण्डारी चयन भएका छन्। उपाध्यक्षमा कल्पना डुम्रे, सचिवमा प्रकाश पाण्डे, सहसचिवमा राजिव भुसाल र कोषाध्यक्षमा मनोज क्षेत्री चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा हरिलाल बस्याल, रमेश पराजुली, कल्पना घिमिरे, शारदा शाही, यमुना जिसी, सुदिप गौतम, निर्मल थापा र सागर भण्डारी रहेका छन्।
निर्वाचनपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण गराइएको थियो।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष समिर बलामीले चैत १० भित्र जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने र वैशाख ५ गते केन्द्रीय अधिवेशन आयोजना गरिने जानकारी दिए। उनले चलचित्र पत्रकारहरूको हकहित संरक्षण, पेशागत विकास तथा नेपाली चलचित्र उद्योगको प्रवर्द्धनमा संघले सक्रिय भूमिका खेल्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल लगायतले शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा अध्यक्ष मोहन न्यौपानेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राजिव भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
बुटवल लुम्बिनीको प्रमुख व्यवसायिक केन्द्रका रूपमा तीव्र रूपमा विकास भइरहेको सन्दर्भमा वक्ताहरूले चलचित्र हलहरूमा दर्शक आकर्षित गर्न सकारात्मक, जिम्मेवार र रचनात्मक पत्रकारिताको आवश्यकता औंल्याए। नयाँ नेतृत्वले चलचित्र पत्रकारिता क्षेत्रलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरिएको छ।










