गृहपृष्ठ घरदैलोमै विकासको आशा जगाउँदै पाण्डे

घरदैलोमै विकासको आशा जगाउँदै पाण्डे


१५ फागुन २०८२

रूपन्देही क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार विश्वदीप पाण्डे यतिबेला घरदैलो अभियानमा सक्रिय छन्। उनले घर–घर पुगेर मतदातासँग भेटघाट गर्दै आफ्ना एजेन्डा र योजनाबारे जानकारी गराइरहेका छन्।

घरदैलोका क्रममा पाण्डेले जनताको समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुन्ने गरेका छन्। उनले रूपन्देहीमा रोजगारी सिर्जना, आर्थिक सुधार, सुशासन र विकासलाई प्राथमिकतामा राखेको बताएका छन्। जनताले अहिले आर्थिक तथा सामाजिक कठिनाइ भोगिरहेको उल्लेख गर्दै उनले परिवर्तनका लागि आफू प्रतिबद्ध रहेको धारणा राखेका छन्।

त्यस्तै, उनले धमिलिएको राजनीतिलाई मुहानदेखि नै सफा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। राजनीति सुधार्न स्पष्ट दृष्टिकोण, इमान्दार नेतृत्व र पारदर्शी कार्यशैली आवश्यक रहेको उनको भनाइ छ।

उनले वर्तमान परिस्थितिमा निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनका अनुसार निजी क्षेत्रसँग सहकार्य नगरी दिगो विकास सम्भव छैन। जनतामा अझै पनि परिवर्तनको चाहना र तृष्णा जीवित रहेको उल्लेख गर्दै त्यसलाई मर्न दिन नहुने उनले बताएका छन्।

साथै, निर्वाचनपछि आउने नेतृत्वको मुख्य दायित्व नै जनतामा आशा र विश्वास जगाउनु भएको पाण्डेको भनाइ छ।

मतदातासँगको प्रत्यक्ष संवादबाट उत्साहित देखिएका पाण्डेले यसपटक सक्षम र निष्ठावान नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सहयोग र समर्थनको अपिल गरेका छन्। आफूलाई विजयी गराए रूपन्देहीलाई विकासको नयाँ दिशातर्फ अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु