गृहपृष्ठ चुनाव नजिकिँदै गर्दा देउवा सिंगापुरतर्फ
चुनाव नजिकिँदै गर्दा देउवा सिंगापुरतर्फ
१४ फागुन २०८२
काठमाडौं, १४ फागुन — शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि बुधबार सिंगापुर प्रस्थान गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार देउवा Singapore Airlinesको उडानमार्फत सिंगापुर उडेका हुन्। उनीसँग केही सहयोगीसमेत सिंगापुर गएका छन्।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति देउवा पार्टीको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि सक्रिय राजनीतिबाट टाढा रहँदै आएका थिए।
यसअघि जेनजी आन्दोलनका क्रममा देउवामाथि कुटपिट भएको थियो। त्यसलगत्तै उनले सिंगापुरमै उपचार गराएका थिए।
यसपटक प्रतिनिधिसभा निर्वाचनमा देउवा उम्मेदवार छैनन्। उनको निर्वाचन क्षेत्र डडेल्धुराबाट नेपाली कांग्रेसका तर्फबाट नैनसिंह महरले टिकट पाएका छन्।









