गृहपृष्ठ अब राष्ट्रिय परिचयपत्रका लागि प्रि–इनरोलमेन्ट फारम भर्न नपर्ने
अब राष्ट्रिय परिचयपत्रका लागि प्रि–इनरोलमेन्ट फारम भर्न नपर्ने
चैत , ८ २०८२
काठमाडौं – अबदेखि राष्ट्रिय परिचयपत्र बनाउनका लागि छुट्टै प्रि–इनरोलमेन्ट फारम भर्न नपर्ने भएको छ। गृह मन्त्रालयले जनाएको छ कि नागरिकता नम्बरको आधारमा नै परिचयपत्रका लागि आवेदन दिई राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिनेछ।
गृहमन्त्री ओमप्रकाश अर्यालले यो नयाँ व्यवस्था ललितपुरको जिल्ला प्रशासन कार्यालयबाट उद्घाटन गरेका हुन्। अब देशभरका ७७ जिल्लाबाट छुट्टै फारम भर्ने झन्झट नहुने भएको छ।
नागरिकताको प्रमाण पत्र प्राप्त गरेकै दिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय परिचय पत्र विवरण दर्ता केन्द्रमा नागरिकको ११ अंकको नागरिकता नम्बर प्रविष्ट गरेपछि सम्बन्धित नागरिकका विवरण स्वतः सिसिएमआइएसबाट एनआइडीउमआइएसमा प्राप्त हुन्छ।
त्यही दिन औंठाछाप, आँखा (आईरिस), फोटो तथा हस्ताक्षरजस्ता जैविक विवरण संकलन गरी राष्ट्रिय परिचयपत्र दर्ता प्रक्रिया सम्पन्न गरिन्छ।
देशभर दैनिक करिब आठ हजार देखि नौ हजार नागरिकता प्रमाणपत्र जारी हुने अवस्थालाई मध्यनजर गर्दै यस प्रणाली
काठमाडौं – अबदेखि राष्ट्रिय परिचयपत्र बनाउनका लागि छुट्टै प्रि–इनरोलमेन्ट फारम भर्न नपर्ने भएको छ। गृह मन्त्रालयले जनाएको छ कि नागरिकता नम्बरको आधारमा नै परिचयपत्रका लागि आवेदन दिई राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिनेछ।
गृहमन्त्री ओमप्रकाश अर्यालले यो नयाँ व्यवस्था ललितपुरको जिल्ला प्रशासन कार्यालयबाट उद्घाटन गरेका हुन्। अब देशभरका ७७ जिल्लाबाट छुट्टै फारम भर्ने झन्झट नहुने भएको छ।
यो सुविधा केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली (सिसिएमआइएस) र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (इनआइडीएमआईएस) बीच एपिआईमार्फत गरिएको अन्तर–आबद्धताका कारण सम्भव भएको हो।
नागरिकले नागरिकता प्रमाणपत्र प्राप्त गरेकै दिनै आफ्नो ११ अंकीय नागरिकता नम्बर प्रविष्ट गरेपछि सिसिएमआइएसबाट एनआइडीएमआईएसमा विवरण प्राप्त हुन्छ। त्यसै दिन औंठाछाप, आँखा (आईरिस), फोटो र हस्ताक्षर जस्ता जैविक विवरण संकलन गरी राष्ट्रिय परिचयपत्र दर्ता प्रक्रिया पूरा गरिन्छ।
यस प्रणालीबाट दैनिक आठ हजार–नौ हजार नागरिकता प्रमाणपत्र जारी हुने परिस्थितिमा पनि नागरिकले नागरिकता प्रमाणपत्र प्राप्त गर्ने दिनमै राष्ट्रिय परिचयपत्र पाउने सुविधा मिल्नेछ।