गृहपृष्ठ समाचार
बुधबार, १७ वैशाख २०८२ काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच लामो वार्तापछि ९ बुँदे औपचारिक सहमति भएको छ। शिक्षा मन्त्रालयका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिका विषयहरू मन्त्रिपरिषदबाट पारित भइसकेको र कार्यान्वयन...
शिक्षक महासङ्घले पेश गरेको ९ बुँदे प्रस्तावमा सरकार सकारात्मक देखिएको छ। अधिकांश मागहरूमा सहमति जनाइए पनि शिक्षा ऐन जारी गर्ने विषयमा मिति तोक्नुपर्ने अडान शिक्षकहरूले कायमै राखेका छन्। सरकारले भने संसद्ले गर्ने काममा प्रत्यक्ष सहमति दिन नसकिने भए पनि यही...
काठमाडौं — सर्वोच्च अदालतको मुद्दा शाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ गर्न आदेशसम्बन्धी पत्र काटेको आरोपमा काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरेको हो। प्रहरी स्रोतका...
वैशाख १६, २०८२ परासी— पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा थप १५ दिन रातको समयमा यातायात रोकेर मर्मत तथा विस्तारको काम गरिने भएको छ। नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत पर्ने यस क्षेत्रमा आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर निर्माण कार्य अगाडि बढाइनेछ।...
काठमाडौं, १५ वैशाख । देशभर फैलिँदै गएको शिक्षक आन्दोलन र लामो समयदेखि जारी चिकित्सकहरूको संघर्षलाई लिएर संसद्मा प्रतिपक्षी दलहरूले गम्भीर चासो व्यक्त गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज...
१३ बैशाख २०८२, शनिबार काठमाडौँ । आज बिहान सरकार र आन्दोलनरत शिक्षकबीच बहुप्रतीक्षित निर्णायक वार्ता हुँदैछ। शिक्षा मन्त्रालयले बिहान ७:३० बजेका लागि वार्ता तय भएको जनाएको छ। शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्तिमार्फत वार्ताका लागि शिक्षकहरूलाई आमन्त्रण गरेका हुन्।...
१२ वैशाख, काठमाडौं राजपत्र अनंकित कर्मचारीहरूले आफ्ना मागहरू पूरा नभए सेवा प्रवाह बन्द गर्ने चेतावनी दिएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिबाट आफ्ना मागको सुनुवाइ नभए आन्दोलनमा उत्रिने तयारीसमेत गरिएको छ। संघीय निजामती सेवा ऐनमा वृत्ति विकास, सेवाको सुरक्षा, पेसागत...
१० वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको जानकारी दिएका छन्। नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा आमासँगै घुम्न गएका बेला उक्त घटनामा परी निधन भएको मन्त्री...
८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बस्न आग्रह गरेका छन्। शिक्षकहरूको जायज माग पूरा गर्न सरकार तयार रहेको भन्दै उनले आन्दोलन अन्त्य गरी विद्यालय फर्कन पनि आह्वान गरेका हुन्। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री...
काठमाडौँ, वैशाख ४ — शिक्षा ऐन तुरुन्त जारी गरिनुपर्ने माग गर्दै शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई थप तीव्र बनाएका छन्। २० चैतदेखि सुरु भएको आन्दोलन अब निर्णायक मोडमा पुगेको भन्दै बिहीबार देशभरबाट आएका शिक्षकहरूको सहभागिता बाक्लिएको छ। माइतीघर–बबरमहल...


