गृहपृष्ठ आज साँझ मन्त्रिपरिषद् बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना

आज साँझ मन्त्रिपरिषद् बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना


 ५ जेष्ठ २०८२, सोमबार

काठमान्डाै   मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक आज साँझ पाँच बजेका लागि तय गरिएको हो।

तर बैठक बालुवाटारमा बस्ने कि सिंहदरबारमा भन्ने विषय भने अझै निश्चित भइसकेको छैन।

आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना उच्च रहेको स्रोतले जनाएको छ।

सत्तारूढ प्रमुख दुई दल — नेपाली कांग्रेस र नेकपा एमाले —बीच अर्थविद् डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ।

यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य रहेका डा. पौडेलले गभर्नर बन्ने लक्ष्यसहित वैशाख २८ गते समितिबाट राजीनामा दिएका थिए।

उनको राजीनापछि सरकारले समितिको नयाँ सदस्यका रूपमा डा. पोषराज पाण्डेलाई नियुक्त गरेको छ।

सरकारले लामो समयसम्म गभर्नर नियुक्ति गर्न नसक्दा नेपाल राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु