गृहपृष्ठ रवि–जिबीविरुद्ध मुद्दा हाल्ने व्यक्ति नै धनुष सहकारीकाे ठगीमा पक्राउ

रवि–जिबीविरुद्ध मुद्दा हाल्ने व्यक्ति नै धनुष सहकारीकाे ठगीमा पक्राउ


चैत ९, २०८२
बुटवल टाइम्स

पोखरा — पोखरामा सहकारी ठगीसम्बन्धी नयाँ घटनाक्रम सार्वजनिक भएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका ‘पीडित’ भनेर चिनिएका कृष्णप्रसाद जैसी धनुष बचत तथा ऋण सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका छन्।

सहकारी रजिस्ट्रारको कार्यालयले तयार पारेको छानबिन प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयले सोमबार उनलाई नियन्त्रणमा लिएको हो। प्रतिवेदनअनुसार जैसीले सहकारीको ऋण उपसमितिमा बसेर कृत्रिम खातामार्फत करिब ८२ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।

उक्त प्रकरणमा संलग्न देखिएका अन्य चार जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ। छानबिनले धनुष सहकारीबाट कुल १९ करोड १८ लाख रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेको छ।

यसअघि जैसीले आफूलाई सूर्यदर्शन सहकारीको पीडित भन्दै रवि लामिछाने, सहकारी सञ्चालक तथा ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राई लगायत विरुद्ध जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा १ अर्ब ५१ करोड रुपैयाँ हिनामिनासम्बन्धी मुद्दा हाल अदालतमा विचाराधीन रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु