गृहपृष्ठ “शुद्धोदन गाउँपालिका एमाले पूर्व अध्यक्ष रास्वपामा प्रवेश”

“शुद्धोदन गाउँपालिका एमाले पूर्व अध्यक्ष रास्वपामा प्रवेश”


 

माघ १७, २०८२

कल्पना घिमिरे

रुपन्देही  —  रुपन्देही जिल्लाको शुद्धोदन गाउँपालिकाका पूर्व एमाले अध्यक्ष कृष्णचन्द्र चौधरी ले एमाले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। लामो समयदेखि स्थानीय संगठन निर्माण र क्षेत्रीय राजनीतिक गतिविधिमा सक्रिय रहेका चौधरीको पार्टी परिवर्तनलाई शुद्धोदन र आसपासका क्षेत्रका लागि महत्वपूर्ण राजनीतिक घटना मानिएको छ।

उक्त अवसरमा रास्वपाका उपसभापति डीपी आर्याल को उपस्थितिमा मणीग्राम पार्टी प्यालेसमा आयोजित कार्यक्रममा चौधरीलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको थियो। कार्यक्रममा बोल्दै उपसभापति आर्यालले पुराना राजनीतिक दलहरूले जनताको विश्वास गुमाइसकेको उल्लेख गर्दै भने, “यो समय इतिहास लेख्ने क्षण हो। रास्वपा जनताको विश्वास जित्न, सुशासन, पारदर्शिता र जवाफदेही राजनीति सञ्चालन गर्न सक्षम पार्टी हो।” उनले रास्वपा वैकल्पिक राजनीतिक विकल्पका रूपमा उदाउँदै गएको बताए।

रास्वपाका केन्द्रीय सदस्य सन्तोष गिरी ले उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै भने कि शुद्धोदनबाट सुरु भएको राजनीतिक परिवर्तनले जिल्लाभर गहिरो प्रभाव पार्नेछ। उनले कार्यकर्ताहरूलाई अनुशासित, जनमुखी र क्षेत्रीय विकासमा सक्रिय भई काम गर्न आग्रह गरे। कार्यक्रममा शुद्धोदन मात्र नभई रुपन्देही जिल्लाका पाँचै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको पनि उपस्थिती रहेको थियो।

रास्वपा रुपन्देही जिल्ला सभापति बुद्धि प्रसाद शर्मा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति आशीष न्यौपाने ले स्वागत मन्तव्य दिएका थिए।

उक्त कार्यक्रममा  सैनामैना र आसपासका विभिन्न पालिकाबाट २०० भन्दा बढी समर्थकहरूले रास्वपा प्रवेश गरेकाे जानकारी जिल्ला नेतृत्वले  दिइएको छ। यसले स्थानीय राजनीतिक परिदृश्यमा थप हलचल ल्याउने र आगामी निर्वाचनमा   याे प्रवेशले ठुलाे प्रभाव पार्ने विश्लेषकहरूले बताएका छन्।

राजनीतिक विश्लेषकहरूको मत अनुसार, चौधरी जस्ता अनुभवी नेता र व्यापक समर्थक समुदायको रास्वपामा प्रवेशले पार्टीको संगठनात्मक क्षमतामा मजबुती ल्याउने मात्र नभई, रुपन्देही जिल्लामा वैकल्पिक राजनीतिक विकल्पको रूपमा रास्वापा  बढिरहेको उल्लेख गरे।   

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु