गृहपृष्ठ हमासले सार्वजनिक गर्‍यो चार मृत बन्धकको नाम, नेपाली विपिन जोशी पनि सूचीमा

हमासले सार्वजनिक गर्‍यो चार मृत बन्धकको नाम, नेपाली विपिन जोशी पनि सूचीमा


आश्विन २७, २०८२

काठमाडौं । हालै २० जना जीवित बन्धकहरू रेडक्रसमार्फत हस्तान्तरण गरिसकेको हमासले अब थप चार मृत बन्धकहरूको नाम सार्वजनिक गरेको छ। ती बन्धकहरूको शव आज रेडक्रसलाई बुझाइने अपेक्षा गरिएको छ।

इजरायली मिडियाका अनुसार हस्तान्तरणको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको शवसमेत समावेश गरिएको छ। अन्य तीन बन्धकहरूमा गाय इलुज, योसी शरबीडेनियल पेरेज छन्। तर, शव हस्तान्तरण कहिले र कहाँ गरिने हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरिएको छैन।

नेपाली कृषि विद्यार्थी विपिन जोशीको अवस्थाबारे इजरायलले अहिलेसम्म औपचारिक पुष्टि गरेको थिएन। तर, उनको अवस्थाप्रति “गम्भीर चिन्ता” रहेको जनाएको थियो। जोशी गत वर्ष अक्टोबर ७ मा गाजास्थित हमासको आक्रमणका क्रममा अपहरणमा परेका थिए।

अन्य मृत बन्धकमध्ये गाय इलुज नोभा फेस्टिभलबाट अपहरणमा परेका थिए र गाजाको अस्पतालमा उपचारको अभावमा डिसेम्बर २०२३ मा मृत्यु भएको थियो। २२ वर्षीय डेनियल पेरेज, यद बिन्यामिनका बासिन्दा तथा इजरायली सेनाको ७औं आर्मर्ड ब्रिगेडका प्लाटुन कमान्डर थिए। उनी अक्टोबर ७, २०२३ मा हमाससँगको लडाइँमा मारिएका थिए।

त्यस्तै, ५३ वर्षीय योसी शरबी मुक्त बन्धक इलाइ शरबीका दाजु हुन्। उनी किबुत्ज बे’एरीबाट सोही दिन अपहरणमा परेका थिए र बन्दी अवस्थामा मृत्यु भएको पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु