गृहपृष्ठ माओवादी केन्द्र पदाधिकारी बैठक: गुट नियन्त्रण र वाम एकता प्रक्रियामा जोड

माओवादी केन्द्र पदाधिकारी बैठक: गुट नियन्त्रण र वाम एकता प्रक्रियामा जोड


  •  भदौ १९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टीभित्र देखापरेका गुटगत गतिविधि नियन्त्रणलाई मुख्य एजेन्डा बनाएको छ।

बिहीबार सम्पन्न पदाधिकारी बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले स्थायी समितिले निर्णय गरेको गुटगत गतिविधि भत्काउनेअनुगमन गर्ने विषय बैठकमा प्रमुख रूपमा उठाइएको बताए। उनका अनुसार त्यसका लागि अनुगमन समिति गठन गर्ने विषयमा पनि छलफल भएको छ।

बैठकले एकता प्रक्रियाबाट हालसम्म पार्टीमा प्रवेश गरेका विभिन्न समूहलाई जिम्मेवारी र कार्यविभाजन कसरी प्रभावकारी बनाउने भन्नेबारे पनि छलफल गरेको जनाइएको छ।

यससँगै, पार्टीले भदौको तेस्रो सातादेखि सञ्चालन गर्न लागेको मध्यपहाडी जनजागरण अभियान को स्वरूप र तयारीबारे विस्तृत विचारविमर्श गरिएको प्रवक्ता सापकोटाले बताए।

यता, पार्टीले अघि बढाएको वाम एकता प्रक्रियासम्बन्धी छलफल पनि बैठकको अर्को प्रमुख एजेन्डा बनेको छ। माओवादी केन्द्रले हाल समाजवादी मोर्चामा रहेका एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकता गर्ने निर्णयअनुरूप आन्तरिक संवादलाई तीब्रता दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु