गृहपृष्ठ प्रधानमन्त्री सल्लाहकारको संकेत: दर्ता नभएका अनलाइन प्लेटफर्म बन्द हुन सक्छन्”

प्रधानमन्त्री सल्लाहकारको संकेत: दर्ता नभएका अनलाइन प्लेटफर्म बन्द हुन सक्छन्”


  •  भदौ १९, २०८२

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म बन्द हुनसक्ने संकेत दिएका छन्।

रिमालले फेसबुकमा लेख्दै भनेका छन्, “सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्म निष्क्रिय हुँदैछन्।” उनले त्यससँगै सबै प्लेटफर्महरू शीघ्र सूचिकृत हुनुपर्ने आवश्यकता औंल्याए र यसले प्रयोगकर्ताहरूलाई सहज वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरे।

सल्लाहकार रिमालले सामाजिक सञ्जाललाई प्रायः सबैको “लत” भएको टिप्पणी पनि गरेका छन्। उनले भनेका छन्, “प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौँ स्टाटस मार्फत् आ–आफ्ना गतिविधिबारे जानकारी साझा गर्ने र भावनाको आदानप्रदान गर्ने गरिँदै आएको छ। यस्तो लाग्छ, यी प्लेटफर्महरू बन्द भए के हुन्छ?”

सरकारले सामाजिक सञ्जाल दर्ताका लागि तोकेको समयसीमा सकिएको र केही अवाञ्छित तत्व तथा गैरजिम्मेवार व्यक्तिहरूको कारण सर्वोच्च अदालतले नेपालभित्रका कम्पनीहरू सूचिकृत नभएसम्म रोक लगाउने आदेश दिएको रिमालले स्मरण गराए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु