गृहपृष्ठ सकेको राम्रो गर्छु, नराम्रो गर्ने छैन : प्रहरी महानिरीक्षक बनेपछि खापुङको पहिलो प्रतिबद्धता”

सकेको राम्रो गर्छु, नराम्रो गर्ने छैन : प्रहरी महानिरीक्षक बनेपछि खापुङको पहिलो प्रतिबद्धता”


  • भदौ १९, २०८२

काठमाडौं 

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेसम्म राम्रो गर्ने तर नराम्रो नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

गृह मन्त्रालयमा बिहीबार आयोजित दर्ज्यानी चिह्न सुशोभन कार्यक्रममा बोल्दै उनले भने, “सकेको राम्रो गर्छु, तर नराम्रो गर्ने छैन।”

तेह्रथुमको गाउँबाट सुरुवात भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको उल्लेख गर्दै खापुङले प्रहरी सेवामा प्रवेश स्वेच्छाले रोजेर गरेको स्मरण गरे। “म आफ्ना सीमितताबारे जानकार छु, तर सक्दो प्रयास राम्रो गर्ने तर्फ हुनेछ,” उनले भने।

खापुङले अपराध अनुसन्धान क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई), साइबर, क्रिप्टोलगायतका ट्रान्सनेशनल अपराध नियन्त्रण गर्न चुनौती बढिरहेको बताए। उनले प्रहरी संगठनको क्षमता प्रविधि र स्रोत–साधनमा वृद्धि गर्दै मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए।

“निर्विकल्प र नि:शर्त सुरक्षा सुनिश्चितता नै प्रहरीको मुख्य लक्ष्य हो,” आईजीपी खापुङले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु