गृहपृष्ठ चिनियाँ कम्पनीलाई ४३ करोड थान हजार रुपैयाँका नोट छपाइको जिम्मा
चिनियाँ कम्पनीलाई ४३ करोड थान हजार रुपैयाँका नोट छपाइको जिम्मा
मंसिर १२, २०८२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले करिब ४ खर्ब ३० अर्ब बराबरको बैंक नोट छपाइको काम चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेइजिङलाई दिने निर्णय गरेको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार नोट छपाइका लागि १६.९८५ मिलियन अमेरिकी डलर (अहिलको विनिमय दरअनुसार करिब २ अर्ब ३९ करोड रुपैयाँ) लागत पर्न अनुमान गरिएको छ।
छपाइमा समावेश १,००० रुपैयाँ दरका ४३ करोड थान नोटका लागि प्रति थान ५ रुपैयाँ ५६ पैसा खर्च पर्ने देखिएको छ।
राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो। तोकिएको समयमा प्राप्त बोलपत्रमध्ये सारभूत रूपमा प्रभावग्राही प्रस्तावकका आधारमा उक्त चिनियाँ कम्पनी चयन गरिएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ।










