गृहपृष्ठ सामाजिक क्षेत्रमा अग्रसर हुदै दारी ग्याङ्ग
सामाजिक क्षेत्रमा अग्रसर हुदै दारी ग्याङ्ग
इलाका प्रहरी कार्यालय सैनामैना ११ सालझण्डीको हाता भित्र दारी ग्याङ रुपन्देहीद्वारा निर्मित “दारी ग्याङ चिल्ड्रेन पार्क” निर्माण सम्पन्न पश्चात् मिति २०८१ फागुन १७ गते शनिवारका दिन एक औपचारिक कार्यक्रम बिच बृक्षारोपण, पुष्परोपण र बालबालिकाका लागि मनोरञ्जनका सामग्री इलाका प्रहरी कार्यालय सैनामैनालाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा दारी ग्याङ रुपन्देहिका अध्यक्ष भरत पौडेलको अध्यक्षता, दारी ग्याङ केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक असल सुबेदिको प्रमुख आतिथ्यता, इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरिक्षक खगेन्द्र अधिकारिको विशिष्ट आतिथ्यता, समाजसेवी समीर थापा लगायत दारी ग्याङ रुपन्देहीका सदस्य तथा इलाका प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मिहरु सहित ४५ जनाको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्नुहुदै विशिष्ट अतिथि खगेन्द्र अधिकारिले दारी ग्याङले समाज रुपान्तरणको लागि गरेको सामाजिक कार्यमा आफू सधै सकारात्मक भएको र चिल्ड्रेन पार्कको लागि स्थान दिन पाउदा आफू निकै नै खुसी भएको भन्दै दारी ग्याङ प्रति आभारी रहेको समेत जानकारी दिनुभयो साथै आगामी दिनमा दारी ग्याङले गर्ने हरेक सामाजिक कार्यमा आफू सधै सक्रीय रहेर सहयोग गर्न समेत तयार रहेको आफ्ना शुभकामना मन्तब्य मार्फत बताउनु भयो।
त्यस्तै कार्यक्रममा दारी ग्याङको परिचय, दारी ग्याङका बिगत दिन, अबका योजना बारे स्पष्ट पार्दै दारी ग्याङ सधै सामाजिक कार्यमा अग्रसर रहेको यस कार्यमा सधै साथ सहयोग सुझाब सल्लाह हौसला दिनुहुने सम्पुर्ण शुभचिन्तकहरुलाइ धन्यबाद दिदै दारी ग्याङ रुपन्देहीलाइ केन्द्रबाट गर्ने सकिने सम्पुर्ण सहयोग गर्न तयार रहेको बताउनुभयो।
कार्यक्रम संचालन दारी ग्याङ रुपन्देहीका जिल्ला प्रवक्ता प्रदिप कोइरालाले गर्नुभएको थियो भने दारी ग्याङका जिल्ला अध्यक्ष भरत पौडेलले आफ्ना सुभकामना मन्तव्य सहित समापन गर्नुभएको थियो।










