गृहपृष्ठ लाेकप्रिय समाचार
राप्ती गाउँपालिका–१, भालुबाङ नयाँ बसपार्कमा काठमाडौँबाट प्युठान जाँदै गरेको नाइट बस (लुम्बिनी प्र.०१–००१ख–००९४) र प्युठानबाट घोराही जाँदै गरेको टाटा सुमो (रा.१ज.७३८) आपसमा ठोक्किएको छ। बिहान करिब ८:२० बजे भएको उक्त दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ। तर, दुवै सवारीसाधनमा...
२० जेठ, सियोल । दक्षिण कोरियामा लामो समयदेखि चलेको आन्दोलनपछि नयाँ राष्ट्रपति चयनका लागि मङ्गलबार मतदान सुरु भएको छ। पूर्व राष्ट्रपति युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिनापछि जनताले लोकतान्त्रिक अभ्यासमा भाग लिँदै नयाँ नेतृत्व चुन्ने अवसर पाएका...
काठमाडौँ कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ। पार्टीले आन्तरिक प्राइमरी इलेक्सनसहितका चरण पूरा गरेर शनिबार थापाको नाम सार्वजनिक गरेको हो। यसअघि उम्मेदवार बन्न इच्छुक ९ जनाले...
आश्विन १०, २०८ काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेकाले राजनीतिक दलहरूलाई छिटोभन्दा छिटो दल दर्ताका लागि आउन निर्वाचन आयोगले आह्वान गरेको छ। नयाँ दल दर्तामा कुनै कानुनी समस्या नरहे पनि समयको चाप भएकाले आयोगले तयारी पुरा गरेर निवेदन दिन...
सिरहा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मंगलबार विशेष अदालतमा दायर मुद्दामा सार्वजनिक पदधारीहरू तथा उपभोक्ता समितिसम्बन्धी पदाधिकारीहरूलाई गैरकानुनी ढंगले प्रशासनिक भवन निर्माणमा संलग्न भएको आरोप लगाइएको छ।...
काठमाडौं — वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणमा गुणस्तरीय सुधार गर्दै सरकारले नयाँ मापदण्ड लागू गरेको छ। अब प्रत्येक कामदारले ३४ प्रकारका अनिवार्य परीक्षण गराउनु पर्नेछ र परीक्षण शुल्क ९,५०० रुपैयाँ तोकिएको छ। नयाँ कार्यविधिअनुसार १७१ स्वास्थ्य संस्था...
काठमाडौं — पाकिस्तानसँगको तनाव चुलिँदै गएको बेला भारत सरकारले आफ्नै मुलुकभित्र स्वतन्त्र प्रेसमाथि दबाब सिर्जना गरेको आरोप लागेको छ। स्वतन्त्र पत्रकारिताका लागि चिनिँदै आएको प्रतिष्ठित डिजिटल मिडिया द वायर ले आफ्नो वेबसाइट र सामग्री भारतभर अवरुद्ध गरिएको जनाएको छ। द...
असोज ५, २०८२ काठमाडौँ — भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएका गतिविधिबारे छानबिन गर्न सरकारले आयोग गठन गर्ने तयारी गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसअघि मन्त्रिपरिषद बैठकमार्फत् छानबिन आयोग गठन गर्ने सैद्धान्तिक...
काठमाडौं, जेठ ११ — दशकभन्दा बढी समयदेखि निर्माणमा अल्झिएको मध्य भोटेकोसी जलविद्युत् आयोजना तेस्रोपटक सुरुङ परीक्षणको तयारीमा जुटेको छ। दुईपटकको असफल परीक्षणपछि आयोजनाले सुरुङ मर्मत र प्रसारण लाइन निर्माणका बाँकी कामहरू पूरा गर्दै जेठभित्र पुनः परीक्षण गर्ने तयारी गरेको छ।...
नेपाल बाहिर बसेर मानव बेचबिखन तथा ओसारपसारमा संलग्न हुने व्यक्तिहरू अब नेपालकै कानुन अनुसार कारबाहीमा पर्ने भएका छन्। नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्दै नयाँ विधेयक संसदमा दर्ता गरेको छ, जसले कानुनी कारबाहीको दायरालाई...




