गृहपृष्ठ सरकारद्वारा विशेष अदालतका अध्यक्ष र सदस्य नियुक्त

सरकारद्वारा विशेष अदालतका अध्यक्ष र सदस्य नियुक्त


 १३ भदौ २०८२

काठमाडौँ । सरकारले विशेष अदालतका अध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ । न्याय परिषद्को परामर्शमा शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्ष तोकेको हो ।

त्यस्तै विशेष अदालतका सदस्यमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगन्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई नियुक्त गरिएको छ ।

यसअघि साउन ३० गते बसेको न्याय परिषद्को बैठकले विशेष अदालतमा पदस्थापनाबारे सरकारलाई परामर्श दिएको थियो । विशेष अदालतमा मुख्यत: भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको सुनुवाइ हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु