गृहपृष्ठ सक्षम सहकारीको रक्तदान, ५१ पिन्ट रगत संकलन

सक्षम सहकारीको रक्तदान, ५१ पिन्ट रगत संकलन

oplus_8388610

बुटवल टाइम्स

कल्पना घिमिरे

बुटवल, असार २५। सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा ब्लड बैंकमा पुगेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ

संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा उप-समितिको संयोजनमा रक्तसञ्चार सेवा केन्द्र, बुटवलमा आयोजित कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको संस्थाले जनाएको छ।

कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानवीय सेवामा योगदान पुर्‍याएका थिए।

सो अवसरमा संस्थाका अध्यक्ष लिलाधर लुइटेलले विगत ६ वर्षदेखि संस्थाको वार्षिक उत्सवको अवसरमा नियमित रूपमा रक्तदान गर्दै आएको बताउँदै रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुन पाउँदा आफूलाई गर्व र खुसी लागेको बताउनुभयो।

संस्थाका अध्यक्ष लिलाधर लुइटेलले रक्तदान जीवनदान भएकाले यस्ता सामाजिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आवश्यक परेका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक सरिता बेल्वासे गैरे ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने रक्तदाता, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र, सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु