गृहपृष्ठ २५ वर्षपछि लागू भयो ‘राष्ट्रिय यातायात नीति–२०८३’
२५ वर्षपछि लागू भयो ‘राष्ट्रिय यातायात नीति–२०८३’
बुटवल टाइम्स
काठमाडौं, १९ साउन। सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीतिलाई परिमार्जन गर्दै ‘राष्ट्रिय यातायात नीति–२०८३’ कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले जारी गरेको नयाँ नीतिले दिगो, सर्वसुलभ, सुरक्षित, पहुँचयोग्य, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली निर्माणलाई मुख्य लक्ष्य बनाएको छ।
मन्त्रालयका अनुसार नीतिले सडक, रेल, जलमार्ग र हवाई यातायातबीच प्रभावकारी समन्वय गर्दै एकीकृत र आधुनिक यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। साथै सार्वजनिक यातायातको गुणस्तर सुधार, सडक सुरक्षा अभिवृद्धि, वातावरणमैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारमा विशेष जोड दिइएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बदलिँदो प्रविधि, तीव्र सहरीकरण, जलवायु परिवर्तनका चुनौती तथा दिगो विकासका लक्ष्यलाई ध्यानमा राख्दै करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीतिलाई संशोधन गरी कार्यान्वयनमा ल्याइएको बताए। यस नीतिमार्फत एकीकृत यातायात प्रणालीको विकास गर्दै दिगो, सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य छ।
सरकारले नयाँ नीतिले देशको यातायात प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।







