गृहपृष्ठ मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
मंसिर ३ , २०८३
बुटवल टाइम्स
काठमाडौ । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालतले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अर्याल फरार रहेको बताइएको छ । यसअघि बुधबार सीआईबीले उक्त प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।
यसअघि नै प्रहरीले यस प्रकरणमा कैलाश खड्कासहित चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

















