गृहपृष्ठ अब अन्य जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि लिन पाइने व्यवस्था
अब अन्य जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि लिन पाइने व्यवस्था
कार्तिक १३,२०८३
बुटवल टाइम्स
काठमाडौ । गृह मन्त्रालयले बिहीबार जारी गरेको संशोधित नियमावलीअनुसार अब नेपाली नागरिकले आफूले नागरिकता लिएको जिल्लाबाहेक अन्य जिल्लाबाट पनि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सक्नेछन्।
यसका लागि राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजात पेस गर्नुपर्नेछ। सम्बन्धित व्यक्तिको विवरण रुजु गरेपछि प्रमुख जिल्ला अधिकारीले प्रतिलिपि जारी गर्न सक्ने व्यवस्था गरिएको छ।
नियमावलीले नागरिकता हराएमा, च्यातिएमा, आगलागी वा पानीका कारण नष्ट भएमा तथा बसाइँसराइ गरेमा पनि प्रतिलिपि लिन सकिने व्यवस्था गरेको छ।
त्यसैगरी, नागरिकताको अभिलेख डिजिटल प्रणालीमा राख्ने, वैवाहिक आधारमा नागरिकता प्राप्त गर्ने प्रक्रिया स्पष्ट पार्ने र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने व्यवस्था पनि गरिएको छ।












