गृहपृष्ठ नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको मान्यता दिलाउन प्रस्ताव
नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको मान्यता दिलाउन प्रस्ताव
कार्तिक ,१३,२०८३
बुटवल टाइम्स
नेपालका थप ६ हिमाललाई ८ हजार मिटर अग्ला हिमालको मान्यता दिलाउन प्रस्ताव
१३ कात्तिक, काठमाडौं । नेपालले थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता दिन अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) समक्ष औपचारिक प्रस्ताव पेस गरेको छ।
काठमाडौंमा जारी यूआईएएको महासभामा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्वा गेल्जे शेर्पाले ती हिमालको उचाइ र छुट्टाछुट्टै चुचुरा रहेको आधारसहित अध्ययन प्रतिवेदन प्रस्तुत गरेका हुन्।
प्रस्तावित ६ हिमालमा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) रहेका छन्।
यी हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपालमा ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या ८ बाट बढेर १४ पुग्नेछ। यसबाट नेपालको पर्वतीय पर्यटन र अनुसन्धानका नयाँ अवसर विस्तार हुने अपेक्षा गरिएको छ।












