गृहपृष्ठ लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको फाइनलमा
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको फाइनलमा
Oplus_16908288
मंसिर १ २०८३
बुटवल टाइम्स
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको हो।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित खेलमा १०५ रन मात्रै बनाउन सक्यो। जवाफमा लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना भने कायमै छ। बुधबार हुने काठमाडौं र लुम्बिनीबीचको खेल (इलिमिनेटर) को विजेतासँग सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।














