गृहपृष्ठ लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माद्वारा पदबहाली, कोषले पायो पूर्णता
लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माद्वारा पदबहाली, कोषले पायो पूर्णता
मंसिर २ ,२०८३
बुटवल टाइम
कल्पना घिमिरे
रुपन्देही । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मासहित सदस्य–सचिव, कोषाध्यक्ष तथा नवनियुक्त सदस्यहरूले बुधबार पदबहाली गरेका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनी पुगेर उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य–सचिव सन्तोष पाण्डेय, कोषाध्यक्ष रमेश शेखर बज्राचार्य तथा नवनियुक्त चार सदस्यले पदभार ग्रहण गरेका हुन् ।
पदाधिकारी तथा सदस्यहरूले पदबहाली गरेसँगै लामो समयदेखि पदाधिकारीविहीन रहेको लुम्बिनी विकास कोषले पूर्णता पाएको छ ।
पदबहालीपछि उपाध्यक्ष आनी छोइङ डोल्माले लुम्बिनीको विकासमा सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै सबैको साथ र सहयोगमा मिलेर काम गर्ने बताइन् ।
उनले आफ्नो क्षमता, स्रोत र बुद्धिले भ्याएसम्म लुम्बिनीको विकासका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, सदस्य–सचिव, कोषाध्यक्ष र सदस्यहरूसँग सहकार्य गर्दै लुम्बिनीको विकास र समृद्धिका लागि सामूहिक रूपमा अघि बढ्ने धारणा राखिन् ।














