गृहपृष्ठ जेनजी आन्दोलन’का क्रममा प्रहरीको हतियार लुट्ने समूहका सदस्यसहित आठ जना झापाबाट लागुऔषधसहित पक्राउ

जेनजी आन्दोलन’का क्रममा प्रहरीको हतियार लुट्ने समूहका सदस्यसहित आठ जना झापाबाट लागुऔषधसहित पक्राउ


आश्विन २६, २०८२

दमक — ‘जेनजी आन्दोलन’का क्रममा नेपाल प्रहरीको हतियार लुट्ने घटनामा संलग्न समूहका एक सदस्यसहित आठ जना झापाबाट पक्राउ परेका छन् । उनीहरू लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित नियन्त्रणमा लिइएका हुन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ पर्नेहरूलाई दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर–१ को एक छाप्रोबाट शनिबार साँझ पक्राउ गरिएको हो । लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा करिब ७ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा आदित्य लिम्बू ‘जेनजी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा संलग्न भएको अभियोग छ । त्यस्तै, मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट फरार भएका थिए ।

अन्य पक्राउ पर्नेमा साजन थापा, दीपेश तामाङ, सनम राई, पविन विश्वकर्मा, सुचन दर्जी र विजय माझी रहेका छन् ।

प्रहरीले पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु