गृहपृष्ठ मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटनामा परी ४२ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ।

मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटनामा परी ४२ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ।


मंसिर १, २०८२

 काठमाडौं । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटनामा परी ४२ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ।

साउदी अरबको मदिना नजिकै सोमबार राति हैदराबादका यात्रुहरूलाई लिएर मक्का–मदिना गइरहेको बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनापछि बसमा आगलागी हुँदा २० महिला र ११ बालबालिकासहित ४२ जनाको ज्यान गएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।

दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर दूरीमा पर्ने मुहरास क्षेत्रको नजिकै भारतीय समयानुसार राति करिब १:३० बजे भएको बताइएको छ। ती समयमा अधिकांश यात्रुहरू निद्रामा रहेका कारण दुर्घटनापछि आगलागीले ठूलो मानवीय क्षति निम्त्याएको अनुमान गरिएको छ।

पीडितहरू सबै भारतीय नागरिक भएको पुष्टि भएको छ, जसमा धेरैजसो तीर्थयात्री हैदराबादबाट हज यात्राका लागि साउदी अरब पुगेका थिए।

तेलंगाना सरकारले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै रियादस्थित भारतीय दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। मुख्यमन्त्री रेवन्त रेड्डीले जारी गरेको विज्ञप्तिमा दिल्लीस्थित संघीय अधिकारीहरूलाई दूतावाससँग समन्वय गरी मृतकको पहिचान, राहत, र आवश्यक कानुनी प्रक्रियामा सहयोग गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु