गृहपृष्ठ सक्षम सहकारीको छैठौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन, लुइँटेल पुनः अध्यक्ष

सक्षम सहकारीको छैठौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन, लुइँटेल पुनः अध्यक्ष


 २२ कात्तिक २०८२

कल्पना घिमिरे

रुपन्देही — सक्षम बचत तथा ऋण सहकारी संस्था लि.को अठारौँ वार्षिक साधारणसभा तथा छैठौँ निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार सम्पन्न अधिवेशनबाट लिलाधर लुइँटेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा देवीराम पाण्डे, सचिवमा दीपक खड्का, कोषाध्यक्षमा हिमालय पौडेल निर्वाचित हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा शालिकराम न्यौपाने, सरिता बेल्बासे, जुनुदेवी रावत न्यौपाने, पुनम घिमिरे र चंखा पुन (चन्द्र) चयन हुनुभएको छ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा कल्पना घिमिरे र सदस्यहरूमा सुमित्रा भुसाल न्यौपाने तथा सरोज पाण्डेय निर्वाचित भएका छन्।

साधारणसभाको उद्घाटन सत्रमा प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाकर खनालले केही सहकारीमा देखिएका अनियमितताका कारण नकारात्मक धारणा फैलिएको भए पनि धेरै सहकारीहरू पारदर्शी ढंगले सञ्चालन भइरहेको बताउनुभयो।

कार्यक्रम अध्यक्ष लिलाधर लुइँटेलको अध्यक्षता, उपाध्यक्ष देवीराम पाण्डेको स्वागत मन्तव्य र सचिव दीपक खड्काको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा अध्यक्ष लुइँटेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष हिमालय पौडेलले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका सदस्य सुमित्रा भुसाल न्यौपानेले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सो अवसरमा संस्थाका निवर्तमान अध्यक्ष दीपक रायमाझी, सल्लाहकार युवराज पौडेल, शेयर सदस्य यमलाल भुसाल र सेमन्तमणि सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा जेष्ठ शेयर सदस्य तेजप्रसाद पाण्डे, दयाराम श्रेष्ठ र लिलादेवी पाण्डेलाई सम्मान गरिएको थियो। साथै, सामुदायिक विद्यालयतर्फ कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने नवीन औद्योगिक कद्दरबहादुर रीता माविकी छात्रा वर्षा भुसाल, असल ऋणी राम चौधरी, असल बाल बचतकर्ता याशिका पौडेल, नियमित बचतकर्ता कमल प्रसाद अर्याल र सदस्य विस्तारतर्फ शालिकराम न्यौपानेलाई पनि सम्मान गरिएको थियो।अध्यक्ष लिलाधर लुइँटेलले सहकारीलाई अझ सशक्त र सदस्यमैत्री बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सदस्यहरूलाई बढी मुनाफा र पारदर्शी सेवा प्रदान गर्दै संस्थालाई अझ अगाडि बढाउने लक्ष्य प्रस्तुत गर्नुभयो।

निर्वाचन समितिको संयोजकमा गुणाकर खनाल र सदस्यहरूमा युवराज पौडेल तथा अधिवक्ता ओमप्रसाद पंगेनी रहनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु