- मंसिर १, २०८२
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को कर विवरण सार्वजनिक हुँदा व्यक्तिगततर्फ राजबहादुर शाह सर्वाधिक करदाता घोषित भएका छन् । वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केटले सबैभन्दा धेरै कर तिर्ने संस्थाको सूचीमा नाम लेखाएको छ ।
उक्त वर्षमा सबैभन्दा धेरै आयकर तिर्ने संस्थाको रूपमा नेपाल दूरसञ्चार प्राधिकरण अग्रस्थानमा रहेको छ । संस्थागत करदाताको सूचीमा डाबर नेपाल प्रालि, आईएमई लिमिटेड, युनिलिभर नेपाल, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लगायतका संस्था परेका छन् ।
वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि सबभन्दा बढी कर तिर्ने कम्पनी घोषित भएको छ भने सूचना प्रविधि सेवा निर्याततर्फ भेरिक्स नेपाल प्रालि उत्कृष्ट करदाता घोषित भएको छ ।
कृषि तथा पशुपन्छी क्षेत्रबाट पोषक ब्रिडर फार्म, बैंकिङ क्षेत्रमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र पर्यटनतर्फ सोल्टी होटल सम्मानित भएका छन् ।
त्यस्तै सीडीएस एण्ड क्लियरिङ, उत्पादनमूलक उद्योगमा भोटेकोशी पावर कम्पनी र रेमिटेन्स तथा मनि ट्रान्सफर प्रवाहमा उल्लेखनीय योगदान गर्दै आईएमई लिमिटेड पनि उत्कृष्ट करदाताको सूचीमा परेका छन् ।









