गृहपृष्ठ रौतहटमा ४ लाख ५० हजार घुससहित प्रधानाध्यापक पक्राउ

रौतहटमा ४ लाख ५० हजार घुससहित प्रधानाध्यापक पक्राउ


आश्विन २६, २०८२

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटमा ४ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा एक विद्यालयका प्रधानाध्यापकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

अख्तियारका अनुसार रौतहटको जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक संजयप्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानु नियन्त्रणमा परेका हुन्।

उनीहरूलाई आयोगको टोलीले पर्सा वीरगञ्ज महानगरपालिका–१३ अदातरोस्थित एक होटलमा घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार विद्यालयले शिक्षक पदका लागि खुलाएको विज्ञापनमा बिचौलियासँग मिलेर उमेदवारसँग घुस लिएको आरोप दुवैजनामाथि छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु