गृहपृष्ठ हमासको नयाँ सूचीमा नेपाली विद्यार्थी विपिन जोशी पनि जीवित

हमासको नयाँ सूचीमा नेपाली विद्यार्थी विपिन जोशी पनि जीवित


आश्विन २६, २०८२

काठमाडौँ — गाजामा हमासले बन्धक बनाएका मध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ । वासिङ्टन पोस्टले सार्वजनिक गरेको उक्त सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश गरिएको छ ।

यसअघि सीएनएनले २० जना मात्रै जीवित रहेको अनुमानसहितको सूची प्रकाशित गरेको थियो, जसमा विपिनको अवस्था ‘अज्ञात’ भनिएको थियो ।

गाजामा युद्धरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरू आज (आइतबार) वा सोमबारसम्म रिहा हुने विश्वास व्यक्त गरिसकेका छन् ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा विपिन अपहरणमा परेका थिए ।
बन्धक रिहा हुने खबरसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका महानन्द जोशीको परिवारमा आशाको किरण फेरी प्रज्वलित भएको छ ।

विपिनका बुवा महानन्द जोशीले भने, “आइतबारदेखि बन्धक मुक्त गर्ने कुरा सुनिँदै छ । युद्ध अन्त्यले अब छोरो फर्किने विश्वास पलाएको छ ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु