गृहपृष्ठ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मु
आश्विन २३, २०८२
काठमाडौँ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।
प्रतिष्ठानका लागि एमआरआई र सीटी स्क्यान उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीसहितका १३ जनामाथि बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले दायर गरेको आरोपपत्रअनुसार तत्कालीन उपकुलपति भण्डारीले सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत बदनियतपूर्ण ढंगले कम गुणस्तरका उपकरण खरिद गरेको पाइएको छ। साथै, खरिद आवश्यकताको पहिचान र गुरुयोजना नै नबनाई बजेट माग गरी पदाधिकारी र कर्मचारीबीच मिलेमतोपूर्वक अनियमितता गरिएको उल्लेख गरिएको छ।
आरोपपत्रमा भनिएको छ, भण्डारीसहितका तत्कालीन कार्यवाहक रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारीलगायतले उक्त खरिद प्रक्रियामा संलग्न भई राजस्वको हानी पुर्याउने गरी भ्रष्टाचार गरेको ठहर गरिएको छ।










