गृहपृष्ठ चिलिमे सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको साथ

चिलिमे सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको साथ


 

  • भाद्र २२, २०८३

काठमाडौँ । नेपाली सेनाले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहयोग गर्न पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।

विदेशी विज्ञसहितको उद्धार टोलीलाई पावर हाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझावका लागि सेनाले घिसिङको सहयोग मागेको हो। सेनाको आग्रहपछि घिसिङ चिलिमे जलविद्युत् आयोजनाको सवारीसाधनमार्फत उद्धारस्थलतर्फ लागेको उनको सचिवालयले जनाएको छ।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य जारी छ। प्रभावित नौ आयोजनामध्ये सात आयोजनामा उद्धारको काम भइरहेको जनाइएको छ।

त्रिशूली बाढीमा परी हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु