गृहपृष्ठ अर्थ
२६ कार्तिक २०८२ जनकपुरधाम — आन्दोलनरत सात दलले मधेश प्रदेशमा बुधबार पनि प्रदर्शन जारी राखेका छन्। सोमबारदेखि सुरु भएको आन्दोलन आज तेस्रो दिनमा प्रवेश गरेको हो। मधेश भवनस्थित मुख्यमन्त्री कार्यालय अगाडि र त्यसको पारिपट्टि रहेको मिल्स एरियामा प्रदर्शन सुरु भएपछि...
कार्तिक २१, २०८२ काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कुल नाफा उल्लेख्य रूपमा घटेको छ।२० वाणिज्य बैंकहरूले सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफा घटेको देखिन्छ। तीन महिनाको अवधिसम्ममा वाणिज्य बैंकहरूले जम्मा १३ अर्ब...
कार्तिक २०, २०८२ काठमाडौँ । सरकारले देशभरका करदाता कार्यालय खारेज गरेको छ।अब करदाता कार्यालयमार्फत दिइँदै आएका कतिपय सेवा स्थानीय तहमार्फत उपलब्ध हुने व्यवस्था मिलाइएको छ। आन्तरिक राजस्व विभागले जारी गरेको सूचनाअनुसार स्थायी लेखा नम्बर (प्यान कार्ड) लगायतका सेवा अब स्थानीय...
कार्तिक १३, २०८२ काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा स्मार्टफोन र ल्यापटपको आयातमा वृद्धि देखिएको छ। भन्सार विभागका तथ्यांकअनुसार, चालु आर्थिक वर्षको तीन महिनामा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँको स्मार्टफोन र २ अर्ब ६१ करोड ९४...
असोज २३, २०८२ काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र अनुशासित बनाउन नयाँ कार्यविधि लागू गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले हालै स्वीकृत ‘सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२’ लागू भएपछि अघिल्लो २०७७ को कार्यविधि खारेज भएको...
आश्विन ७, २०८२ विराटनगर — जेन–जी आन्दोलनको पहिलो दिन भदौ २३ गते विराटनगर महानगरपालिकाको कार्यालय भवनमा तोडफोड प्रयास भएको थियो। त्यसपछिल्लो दिन भदौ २४ गते उग्र बनेको प्रदर्शनका क्रममा कार्यालयमा आगजनी भएपछि तीन दिनसम्म आगो नियन्त्रणमा आउन सकेन। लामो समयसम्म...
आश्विन ६, २०८२ निर्माण भएको मन्त्री आवास झन्डै सात वर्षमा पूरा भएको थियो। कुल तीन अर्ब रुपैयाँ खर्चेर बनाइएको यो भवन एक दिनमै जलेर नष्ट भयो। भवनको बाहिरी भाग कालो धुँवाले ढाकिएको छ भने भित्रको कुनै सामान बचेको छैन।...
आश्विन ५, २०८२ काठमाडौँ । अमेरिकाले एच–१बी भिसा आवेदन शुल्कलाई एकैपटक वार्षिक एक लाख अमेरिकी डलरसम्म पुर्याउने निर्णय गरेको छ । ह्वाइट हाउसको यो कदमले भारतीय सूचना–प्रविधि (आईटी) कम्पनीहरूलाई ठूलो चुनौती खडा गरेको बताइएको छ । भारतीय आईटी उद्योग सङ्गठन...
आश्विन ५, २०८२ काठमाडौँ — संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा समावेश ३ करोड रुपैयाँभन्दा कम लागतका आयोजना स्थगित गर्ने निर्णय गरेको छ। अर्थमन्त्रालयले गरेको यस निर्णयलाई स्रोतको दुरुपयोग रोक्ने र भत्किएका संरचनाको पुनर्निर्माणमा खर्च गर्न सकिने अवसरका रूपमा स्वागत...
आश्विन ५, २०८२ पोखरा — जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि गण्डकी प्रदेश सभा भवन पूर्ण रूपमा नष्ट भएको छ। पोखरामा सबैभन्दा ठूलो क्षति प्रदेश सभाले बेहोरेको हो। प्रदेश सभाको सबै भवन जलेर खरानी भएका छन् भने परिसरभित्रका सवारी साधनसमेत...


