गृहपृष्ठ नेपाल राष्ट्र बैंकले नीतिगत दर र तरलता सुविधा दर घटायो
नेपाल राष्ट्र बैंकले नीतिगत दर र तरलता सुविधा दर घटायो
मंसिर १५, २०८२
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै नीतिगत दरमा कटौती गरेको छ। बैंकका अनुसार नीतिगत दरलाई ४.५० प्रतिशतबाट झारेर ४.२५ प्रतिशत कायम गरिएको छ।
यससँगै स्थायी तरलता सुविधा (SLF) दर पनि घटाईएको छ। यसअघि ६ प्रतिशत रहेको SLF दर घटाएर ५.७५ प्रतिशत तोकिएको छ।
यद्यपि, ब्याजदर करिडोरको तल्लो सीमामा रहने स्थायी निक्षेप सुविधा (SDF) दर भने अपरिवर्तित रहँदै २.७५ प्रतिशत नै राखिएको राष्ट्र बैंकले जनाएको छ।









